Food
»
शरीरमा बोसो बढी भएर चिन्तित हुनुहुन्छ भने यी खानेकुराहरू खानुस
शरीरमा बोसो बढी भएर चिन्तित हुनुहुन्छ भने यी खानेकुराहरू खानुस
हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर गि्रन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ सरीरले छिटै दोहन गर्दछ ।
ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ ।
गि्रन टी सरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।
कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै सरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले सरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।
सरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ ।
गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने कार्निटाइन तत्वले सरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन घटाउन सहयोग पूराउँछ । अनलाइनखबरबाट
Labels:
Food
0 comments for "शरीरमा बोसो बढी भएर चिन्तित हुनुहुन्छ भने यी खानेकुराहरू खानुस"
Leave a reply

