ताजा अपडेट
सन्तुलित भोजनका लागि पौष्टिक तत्त्वको महत्वपूर्ण भूमिका रहन्छ । उपयुक्त किसिमको सन्तुलित भोजनले मानिसलाई स्वस्थ्य र तन्दुरुस्त रहन सहयोग पुर्‍याउँछ । जसले गर्दा मानिस निरोगी रहिरहन्छ । यहाँ केहि यस्ता टिप्सहरु लिइएको छ । जसलाई हामी दैनिक जीवनमा सहज रुपमा प्रयोग गर्न सक्छौँ ।

१) सागसब्जी-हरियो सागसब्जीमा पर्याप्त मात्रमा पौष्टिक तत्वहरू पाइन्छ, जसले मानसिक र शारीरिक बृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ । सागपातको सेवनबाट पर्याप्त रुपमा भिटामिन ए, बि, सि, क्याल्सियम र म्याग्नेसियम पाइन्छ ।

२) ओखर-दैनिक उपभोगमा ओखरको प्रयोग गर्दा तपाइँको शरीरलाई शक्ती प्रदान गर्छ । जसले तपाइँलाई स्वस्थ्य रहन सघाउँछ ।

३) अण्डा-अण्डा प्रोटिनको महत्वपूर्ण स्रोत हो साथसाथै यसबाट पर्याप्त रुपमा एमिनो एसिड पाईन्छ । शक्तीको लागि प्रोटिन आवश्यक तत्त्व हो ।

४) दुध-पौष्टिक आहारको लागि दुधको महत्त्व रहन्छ किनभने, यसबाट मिनरल्स, प्रोटिन चिल्लो पदार्थ कार्बोहाइड्रेट र भिटामिन पाइन्छ ।

५) फलफूल-सबै किसिमका फलफूलबाट पौष्टिक तत्त्व पाउन सकिन्छ । यद्यपि तिनीहरुबाट फरक-फरक पौष्टिक तत्त्व पाउन सकिन्छ । आफ्नो चाहना अनुरुप फलफूलाई दैनिक जीवनमा प्रयोग गर्न सकिन्छ ।
स्रोतः रातोपाटी
मानिसहरु स्वस्थ रहन उसको आहारले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । कुनै खानेकुराले मानिसको स्वास्थमा नकारात्मक असर पुर्‍याउँछ भने कुनै खानेकुराले फाइदा । यस्तै एउटा गुणकारी फल छ, मेवा । मेवा, पृथ्वीले मानिसको शरिरलाई दिएको एउटा अनुपम उपहार हो । आफ्नो दैनिक आहारामा छुटाउँनै नहुने मेवाको विशेषताहरु यहाँ उल्लेख गरिएका छन् :

  1. थोरै क्यालोरी, धेरै पौष्टिक तत्व भएको यो गुनिलो फललाई मोटोपन घटाउन प्रयास गरिरहनु भएका मानिसहरुले आहाराको रुपमा लिन सक्नुहुन्छ । 
  2. टुक्रा पारिएको मेवाले छालाको घाउ र चोटपटक लागेको ठाउँमा लगाएमा निको पार्छ । 
  3. यसको नियमित प्रयोगले क्यानसर हुनबाट समेत जोगाउँछ । 
  4. मेवाले कपाल बढाउनमा समेत मद्दत गर्छ । - यदि मेवा सहि मात्रामा खाने गरेमा यसले मानिस शरिरको रोगविषहरुबाट छुटकारा दिन्छ । 
  5. कब्जियत र अपच भएको बेला मेवाको सेवन गर्नाले राहत मिल्छ ।  


डा.राजदेव राम
शरीरमा रस एवं रगतमा उपस्थित विजातीय तथा अनावश्यक तत्वलाई पिशाबबाट बाहिर निकाल्ने काम किड्नीले गर्दछ । प्राकृतिक रूपमा स्वस्थ किडनीसँग दिनहुँ ६० किलो जति पानी छान्ने क्षमता हुन्छ । फेरि पनि सामान्य रुपमा किड्नीले २४ घण्टामा एकदेखि दुई लिटर पिशाब बनाएर शरीरलाई निरोग राख्दछ । किड्नीको विशेष सम्बन्ध मुटु, फेक्सो, कलेजोसाथ हुन्छ ।

 मुख्यगरी मुटु र किड्नीले परस्पर सहयोगको साथ काम गर्ने गर्दछ । त्यसकारण, यदि कसैलाई मुटु रोग लागेको छ भने उसको किड्नी पनि विग्रन्छ । त्यसबेला त्यो व्यक्तिको रक्तचाप उच्च हुन्छ र क्रमशः मुटु पनि दुर्बल भएर जान्छ । किडनीका रोगीहरु दिनानुदिन बढीरहेका छन् ।

यसको मुख्य कारण मुटु, दम, श्वास, टि.बी., सुगर, प्रेसरजस्ता रोगहरुको निदानका लागि भनेर आधुनिक औषधीहरुको बढी सेवन गर्नु हो । यी आधुनिक दवाईको अल्पकालनी सेवनको विनाशकारी प्रतिक्रियाको रुपमा पनि किड्नी फेल जस्तो गम्भीर रोग हुने गरेको देखिन्छ । यी आधुनिक दवाईहरुको विषाक्त प्रभावका कारण नै किड्नी तथा पिशाबसम्बन्धी रोग उत्पन्न हुन्छ । किडनी शरीरको बीचैबीच कम्मरको नजिक हुन्छ । यो अंग मुठ्ठिको बराबर हुन्छ । हाम्रो शरीरमा दुईवटा किड्नी हुन्छ ।

यदि एउटा किड्नी पूर्णरुपमा खराब भयो भने पनि अर्को किड्नीले शरीरलाई ठीक रुपमा सञ्चालन गर्दछ । मुटुद्वारा पम्प गरिएको रगतको २० प्रतिशत किड्नीमा जान्छ, जहाँ यो रगत सफा भई पुनः शरीरमा जाँदछ । यसरी किड्नीले हाम्रो रगत सफा गर्दछ र सबै टाँक्सिन्स पिसाबबाट शरीरको बाहिर निस्कन्छ । किड्नी हाम्रो शरीरको सन्तुलनकारी अंग हो । यसको मतलब यदि शरीरमा कुनै चिज बढी या कम हुन्छ भने किड्नीले त्यसलाई सम्हाल्दछ । मुख्यगरी नून र पानीको मात्रालाई सन्तुलनमा राख्दछ ।

किड्नी खराब हुनुको मुख्य लक्षण सुन्निनु हो । शरीरमा पानीको मात्रा बढी भयो भने सुन्निने समस्या हुन्छ भने नूनको मात्रा बढी भयो भने उच्च रक्त चाप हुन्छ । यसबाहेक रगत बनाउनु, हड्डिहरुलाई मजबुत पार्नु अर्थात् भिटामिन ‘डी’ बनाउनु, उच्चरक्तचाप नियन्त्रण गर्नु र शरीरमा उत्पन्न भएका खराब पदार्थलाई शरीरबाहिर निकाल्ने काम गर्दछ । किड्नीका कैयौं समस्याहरु हुन्छन्, जसलाई जान्न आवश्यक छ ।

नेफ्रोटिक सिन्ड्रोम र यसको लक्षण
किड्नीमा फिल्टर अर्थात् स–साना छिद्र हुन्छ, जसले खराब तत्वलाई शरीर बाहिर निकाल्ने र राम्रो तत्वलाई शरीरका लागि लाग्दछ । नेफ्रोटिक सिन्ड्रोममा किड्नीमा जुन फिल्टर हुन्छ, त्यसका छिद्रहरु ठूलो भएर जान्छ र ती छिद्रबाट शरीरका लागि उपयोगी तत्व पनि खराब तत्वका साथमा बाहिर निस्कन्छ । परिणामतः विहान अनुहार सुन्निने तथा बेलुका खुट्टा खासगरी पैताला सुन्निने गर्दछ । यो किड्नी विरामीको सुरुको लक्षण हो । उपचार यसको उपचारका लागि बायोप्सी नामको क्रिया गरिन्छ, जसको माध्यमद्वारा पत्ता लाग्दछ कि न्यूट्रोटिक सिन्ड्रोम कुन अवस्थामा छ भन्ने ।

सही तरिकाबाट उपचार गर्नाले विरामी निको हुन्छ । तर सुन्निने समस्याप्रति ध्यान दिएन र समयमै उपचार गरेन भने विस्तारै विस्तारै किड्नी फेल हुन पुग्दछ । सावधानी जब सुन्निने समस्या देखापर्दछ, तुरुन्तै किड्नी विशेषज्ञको सम्पर्कमा जानुपर्दछ । खानामा नून कम गर्ने र पिउने चिजमा पानीको मात्रा एकदेखि डेढ लिटर मात्र पिउनु पर्छ । यो भनिन्छ कि पानी धेरै पिउनाले किड्नी ठीक रहन्छ, यो भनाइ सही होइन । किड्नीको पत्थरी हुँदा धेरै पानी खानु ठीक हो तर अन्य विरामी भएको हकमा धेरै पानी पिउनाले किड्नीलाई नोक्सान पु¥याउन सक्दछ । समयमै उपचार गर्दा यस्तो रोग लागेका विरामी ९० प्रतिशत ठिक हुन्छन् ।

किड्नी स्टोन (पत्थरी) र यसको लक्षण
किड्नी स्टोन तथा पत्थरी आमरुपमा देखापर्ने समस्या हो । यो किड्नीसम्बन्धी दोस्रो मुख्य समस्या हो । बिरामीको पिशाबमा केही तत्व तथा रसायनको मात्रा बढी हुन्छ । जुन तत्व पिशाबसँग घोलिदैन, जुन जमेर स्टोन अर्थात् पत्थर बन्न जान्छ । क्याल्सियम, फास्फोरस, यूरिक एसिड, सिस्टीन र कैयौं अन्य तत्वले स्टोन बनाउँदछ ।जब पत्थर बन्छ, त्यो क्रमशः ठूलो हुँदै जान्छ र यसले पिशाबको बाटो बन्द गरिदिन्छ । यसबाट किड्नीको संक्रमण तथा फेल हुने जोखिम बढेर जान्छ । किड्नी पत्थरीको लक्षण भनेको पिशाब रोकिनु, असह्य दुखाइ, पिशाबमा रगत आउनु, पिशाब पोल्नु, संक्रमण हुनु तथा दुखाइको क्रममा उल्टी समेत हुनु हो ।

उपचार
यदि पत्थर ६ मि.मि.भन्दा सानो छ भने त्यो पिशाबको माध्यमबाट बाहिर निकाल्न सकिन्छ । त्यसका लागि अपरेशनको आवश्यकता पर्दैन । दुखाई धेरै भयो र धेरै रगत आइरहेको छ भने चाहिं अपरेशनको जरुरत पर्दछ । १० मि.मि.भन्दा बढी मात्राको पत्थरी कहिल्यै पनि पिशाबबाट निस्कन नसक्ने हुँदा त्यसको अपरेशन गर्नुबाहेक अन्य विकल्प हुँदैन । सावधानी स्टोन नबनोस् भन्नका लागि दिनमा तीनदेखि चार लिटर पानी अनिवार्य पिउनु पर्दछ । पानीको कमी भयो भने केमिकल कन्सन्ट्रेशन बढ्दछ भने पानी बढी भयो भने कन्सन्ट्रेशन कम हुन्छ । पेशाब आउँदा रोक्नु हुन्न । पिशाब रोक्दा केमिकल कन्सन्ट्रेशन बढ्छ ।

किडनीको कुनै विरामी वा संक्रमण छ भने तुरुन्तै उपचार गराउनु पर्दछ
किड्नीको सबै रोगहरु स्थायी हुँदैन । सही उपचारबाट खराब किड्नी ठीक हुन सक्छ । किड्नी फेल भनेको किड्नीले आफ्नो काम नगर्नु हो । अर्थात् शरीरमा सन्तुलन कायम नहुनु हो । यसो हुँदा शरीर सुन्निन्छ तथा ब्लडप्रेशर बढ्छ । केमिकल्स, जस्तो यूरिया, त्रिएटिनाइन, पोटेशियम बढ्न थाल्दछ । त्यसपछि मात्र थाहा हुन्छ कि किड्नीले काम गरिरहेको छैन । यसबाट यो पनि चल्दछ कि किड्नी कति खराब भएको छ भनेर । आजकाल किड्नी पेलको मुख्य कारण ब्लड प्रेसर, सुगर, पत्थरी तथा धेरै पेन किलर प्रयोग गर्नाले हुने गरेको छ । तसर्थ यसबाट बच्न जरुरी छ ताकि गम्भीर स्थिति आउनबाट बच्न सकियोस् । रातोपाटी बाट साभार
यदि तपाइँ आफ्नो तौल घटाउनर् इच्छुक हुनुहुन्छ भने यो गर्मीको समय तपाइँको लागि उपयुक्त हुन सक्छ । फलको राजा भनेर चिनिने आँपको सेवनले तौल घटाउन सहयोग पुर्‍याउने एक अध्ययनले बताएको छ । ताजा आँपमा पौष्टिक तत्वको साथसाथै प्रशस्त मात्रामा फाइवर समेत पाईन्छ । विज्ञहरुका अनुसार स्वस्थ्य रहनका लागि आँपको सेवन अति उपयुक्त हुन्छ । आपको सेवनले बेटा क्यारोटिन बेटा क्यारोटिन बीच उच्च रुपमा प्रवाह गराउछ । तापनि पोषक तत्वको लागि आँप महान् स्रोत हो ।

यति हुँदाहुँदै पनि क्यालोरीको कम खपत गर्नको लागी आँप उपयुक्त विकल्प हो । विज्ञहरु भन्छन्,’आँपमा पाइने बिटा क्यारोटिन्ले क्यान्सरको जोखिमलाइ पनि केहि हदसम्म कम गर्छ ।’ सही रुपमा पोषक तत्त्व प्राप्त गर्नको लागी दैनिक रुपमा एउटा आँपको सेवन नै काफि हुन्छ ।

 जसले पर्याप्त रुपमा शरीरमा भिटामिन ‘सी’ उपलब्ध गराउछ । यसले मांसपेसिलाई बलियो,बनाउनको साथसाथै क्याल्सीयम र भिटामिन ‘बी’ पनि प्रशस्त रुपमा पाईन्छ । करोटेनोइड जसले एन्टिअक्सिडन्टमा प्रभाव जमाईराख्छ । यसकारण आँपको सेवन तौल घटाउनको लागी महत्वपूर्ण हिस्सा रहन सक्छ ।

यद्यपि यसको सेवन तौल घटाउनको लागि मात्र नभई अन्य प्रयोजनको लागि पनि प्रयोग गर्न सकिन्छ । दैनिक रुपमा आँपको सेवनले शरीरको छालालाई चम्किलो बनाउनुको साथसाथै नरम समेत बनाउन मद्यत गर्छ ।  रातोपाटीबाट
हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर गि्रन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।


काँचो नरिवल भित्र हुने पानीको नियमित सेवन स्वास्थ्यको लागि लाभदायी हुन्छ । यसमा पानी संतृप्त चिल्लो पदार्थ सरीरले छिटै दोहन गर्दछ ।

ऐसेलुमा प्रसस्त फाइबर पाइन्छ । यो खानमा मीठो मात्र होइन स्वास्थ्यका लागि लाभकारी पनि हुन्छ । यसले रगतमा चिनीको मात्रा सन्तुलित गराउने तथा भोक घटाउने काम गर्छ ।

गि्रन टी सरीरमा बोसोको दोहन गराउन सहयोग गर्ने मुख्य खानेकुरा हो । यसले तनाव कम गर्न तथा उच्च रक्तचाप र मधुमेहका रोगीलाई पनि फाइदा गर्छ ।

कागतीको नियमित सेवन मोटोपना घटाउनमा धेरै सहयोगी हुन्छ । यसले कलेजोको विषाक्त पदार्थ निस्कासनका साथै सरीरलाई क्षारिय बनाउन मद्दत गर्छ । यसले सरीरमा बोसोको दोहन प्रक्रियालाई तिब्र बनाउँछ ।

सरीरमा मोटोपन घटाउन अंगुरको सेवन पनि उपयोगी मानिन्छ । अंगुरमा प्रसस्त मात्रामा फाइबर पाइन्छ ।
गोलभेँडामा प्रसस्त मात्रामा भिटामिन सी, लाइकोपिन तत्व हुन्छ । यसमा हुने कार्निटाइन तत्वले सरीरमा हुने फ्यानको दोहनलाई तिब्र बनाउँछ र मोटोपन घटाउन सहयोग पूराउँछ । अनलाइनखबरबाट
भिण्डी लोकप्रिय तरकारी मध्ये एक हो । भिण्डी खानुमा जति स्वादिष्ट छ, यो निकै गुणकारी पनि छ । आम मानिसले भिण्डीलाई स्वादका आधारमा तथा यसको चिप्लोपनाका आधारमा स्वादिष्ट तरकारीको रुपमा मात्र उपयोग गर्दै आएका छौँ ।

तर भारतीय उपमहाद्विपका केही आदिवासीले भिण्डीलाई विभिन्न रोगको उपचारमा समेत उपयोग गर्ने गरेको पाइन्छ ।

भिण्डीमा विभिन्न खाले भिटामिन तथा लवण र अन्य पौष्टिक तत्व पाइन्छ ।

यसमा भिटामिन ए, बी, सी, इ तथा क्याल्सियम, फलाम जस्ता तत्व पाइन्छ । साथै यसमा उच्चस्तरीय फाइबर समेत पाइने भएकाले स्वास्थ्यका लागि लाभदायी हुन्छ । पोषण विज्ञहरुका अनुसार भिण्डीको सेवन मधुमेहका रोगीका लागि निकै लाभदायक हुन्छ ।
भिण्डीको बिजलाई धूलो बनाउने, त्यसमा सुकमेल, दालचिनी तथा मरिचको समेत धूलो मिलाउने र यसलाई दिनहुँ मनतातो पानीमा मिलाएर पिउँदा डाइबेटिजका रोगीलाई निकै लाभ पुग्छ ।

भिण्डीको काटेको टुक्रालाई पिउने पानीमा डुबाएर रातभर राख्ने । विहान टुक्रा निकालेर बाँकी रहेको पानी खाली पेटमा पिउने गर्दा मधुमेह नियन्त्रणमा सघाउ पुग्ने बताइन्छ ।विज्ञहरुका अनुसार काँचो भिण्डी चपाएर खानाले पुरुषहरुमा यौन क्षमतामा वृद्धि हुन्छ । पानीमा भिण्डी पकाएर पिउनाले भिरिंगीका रोगीलाई समेत फाइदा गर्छ । अनलाइनखबरबाट
छालाको सुरक्षाकालागि मौसम अनुसार फरक फरक क्रिम तथा प्रशाधनको प्रयोग गर्नु राम्रो मानिन्छ । जाडोमा छाला बढी सुख्खा हुने हुँदा छालालाई फाइदा गर्ने गुणस्तरीय सामग्रीको प्रयोग गर्नुपर्छ । सोझै पसलमा गएर आफैं जथाभावी किन्नुभन्दा छाला तथा सौन्दर्यविदको सल्लाह लिनु उपयुक्त हुन्छ ।

यस्ता प्रशाधन समय समयमा लगाइरहनु पर्छ । यसले छालालाई सुख्खापनबाट बँचाएर कोमल र  मुलायम राख्छ । चिसो पानीमा काम गरेपछि यस्ता चिजको प्रयोग गरेमा हात खुट्टा फुट्ने समस्याबाट छुटकारा पाइन्छ ।

 यसले हाम्रो छालालाई स्वस्थ र  आकर्षक देखाउन मद्दत गर्छ । त्यस्तै छालाको सुरक्षाकालागि साबुनको प्रयोग कम गर्नु पनि राम्रो मानिन्छ । साबुनको प्रयोगले छाला सुख्खा हुने, चाउरी पर्ने तथा फुट्ने हुन्छ । साबुनको सट्टा फेसवास, बडिवास, स्याम्पो र सावर जेल उपयुक्त हुन्छ ।

ओठको छाला ज्यादै पातलो, नरम र संवेदनशील हुने हँुदा जाडो मौसममा फुटिरहेको हुन्छ । यसबाट छुटकारा पाउन मुलायम पार्ने लिपक्रिमको प्रयोग गर्नुपर्छ ।

विज्ञहरूका अनुसार नुहाएको दुई÷तीन मिनेटपछि मोश्चराइजर लगाउनुपर्छ । त्यसलै नुहाउनु अगाडि कपालको सुन्दरताकालागि तेलले मालिस गरे झैं नुहाएपछि बडिआयल लगाउन भुल्नु हँुदैन । यसले हाम्रो छालालाई मुलायम र  आर्कषक राख्न मद्दत गर्छ  । मानिसको सुन्दरता झल्काउने छालाकोे उचित स्याहार र हेरचाहमा लापरवाही गर्नु हुँदैन । स्वास्थ्य खबर पत्रिकाबाट
 
InterViews
Interview
Articles
Literature
Latest Updates
English Headlines